अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र एवम् बालबालिकाहरुको पुर्नस्थापनका लागी पहल परियोजना द्वारा आयोजित समावेशी तथा पहुँचयुक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।
नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, विभिन्न वडाका वडाअध्यक्षहरु ,अपांग सरोकार मञ्च मेलम्ची नगरका अध्यक्ष सोम दुलाल, विभिन्न शााखका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख तामाङले नगरपालिकामा अपांगता भएकाहरुलाई स्वरोजगारका लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले दिगो आयआर्जका कार्यक्रम गर्न समेत नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने भएकाले संस्थासँग सहकार्य गरेर काम गर्न नगर तयार रहेको बताउनुभयो । उहाँले विभिन्न रोजगारीको अवसरमा अपांगता भएका ब्यक्तिहरुको लागि आरक्षणको ब्यबस्था मिलाउने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका सुपरभाइजर लेखनाथ आचार्यले गर्नुभएको थियो भने पहुँचयुक्त ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सोम दुलालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा समुदायमा आधारीत समावेशी विकासका विषयमा परियोजना संयोजक हिरा बहादुर केसिले प्रष्ट पार्नुभएको संस्थाकी सामाजिक परिचालक रजनी लामाले जानकारी दिनुभयो ।
