रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको हो ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले अब नवलपुर मेलम्ची सडक पिचहुने बताउँदै अन्य सडकको पनि स्तरउन्नति गरिने बताउनुभयो । निबर्तमान वडा अध्यक्ष भत्तबहादुर खड्का तथा बर्तमान वडा अध्यक्ष अमृत खनाललाई भवन निमार्ण सम्पन्न भएकोमा उहाँर्ले बधाई तथा शुुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति एवम् वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालले चुनावका प्रतिबद्धता अनुसार आफुले काम गरिरहेको बताउँदै थप विकाश निमार्णका काम र सेवा सहज बनाउन आफु सदैव लागि पर्ने बताउनुभयो ।

मेलम्ची वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काले नागरिक हरुलाई दिने सेवा सुविधामा नयाँ भवनले सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले गाउँ गाउँमा सिंह दरबार भन्ने नारालाई सुन्दर भवनले मूर्तरुप दिएको बताउदै अब सेवामा सहजता प्रदान गर्न अनुरोध गर्नुभयो ।

१ करोड २६ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारी पुडासैनीले बताउनुभयो । कार्यक्रममा जग्गादाताहरु टोमशंकर दुलाल र तारानाथ दाहाल लगायतलाई सम्मान गरिएको थियो ।