तत्कालै ३–४ करोड उपलब्ध गराउन प्रदेश सरकारसंग हेलम्बु गाउँपालिकाकाे माग

* समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालीकामा मेलम्ची नदीमा आएको बाढीले थप क्षती पुर्याएपछी गाउँपालीकाले प्रदेश सरकारसँग सहयोगको माग गरेको छ ।

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकाहरुमा विपतका लागि १ करोड पठाए पनि हालसम्म अति बिपत जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु,पाँचपोखरी थाङ्पाल गाउँपालिका लगायतमा १ रुपैयाँ पनी उपलब्ध नगराएको प्रती असन्तुष्टी प्रकट गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमती प्रदेश सरकारलाई माग पत्र लेख्दै तत्कालै ३–४ करोड उपलब्ध गराउन अनुरोध गर्नुभएकाे हाे ।

गत साउन २८ गते र त्यसपछी लगातार आएको बाढी पहिरोका कारण भएको क्षती बारे अवगत गराउँदै गाउँपालीका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमति प्रेदश सरकार अन्तर्गतको आर्थिक मामीला तथा योजना मन्त्रालयलाई सहयोगको लागी अनुरोध गर्नुभयो ।

उहाँले बाढी पहिरोको कारण अवरुद्ध सडक सञ्चालन नदिका तटिय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनर्निर्माण गाउँपालीकाको एकल प्रयासमा मात्र सम्भव नहुने बताउनुभयो ।

Leave a Reply