नवलपुर ।
इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनको क्रममा हराएका बालिकाहरू भेटिएका छन् ।
हिजोदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका ४ जना बालिकाहरुलाई २० घण्टापछि प्रहरीले सकुशल फेला पारेर आफन्तको जिम्मा लगाएको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडाध्याक्ष रविन्द्र खातीले जानकारी दिनुभयो । हिजो ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ ज्यामिरेमानेमा रहेको शहिद स्मृती खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा गएका राजेश्वरी माबिका चार जना बिद्याथीहरुसम्पर्क बिहिन भएका थिए ।
कक्षा २ र ३ मा अध्ययनरत इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका ११ वर्षीय आषिका गिरी, १० वर्षीय खुसी ढुंगाना, ९ वर्षीय सिर्जना नेपाली र १० वर्षीय रोजिना नेपाली थिए ।
इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जय नेपाल थापा र प्रहरी चौकी भिमटार देउरालीका प्रहरी सहायक निरीक्षक श्याम थापाको संयुक्त टोलीले हराएको २० घण्टापछि उनिहरुलाई ऐसेलुखर्क नजिकै फेला पारेर परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।