ईन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७८ दशमलव ३४ प्रतिशत खर्च गरेको छ।
स्वीकृत कुल वार्षिक योजना तथा कार्यक्रम एवं बजेट ८४ करोड ६५ लाख मध्ये बाट उक्त रकम खर्च गरेको गाउँपालिकाका लेखा शाखा प्रमुख भाष्कर पन्तले जानकारी दिनुभयाे।
जसमा पुँजीगततर्फ ७९ दशमलव २१ प्रतिशत र चालुतर्फ ७७ दशमलव ७९ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ ३२ करोड ३५ लाख ६३ हजारमध्ये २५ करोड ६३ लाख २१ हजार रुपैयाँ र चालुतर्फ ५२ करोड २९ लाख ३७ हजार मध्ये ४० करोड ६८ लाख ४२ हजार खर्च गरेको छ। यसरी हेर्दा कुल ८४ करोड ६५ लाख मध्ये ६६ करोड ३१ लाख ६४ हजार खर्च गरेको देखिएको छ।
