निर्वाचन क्षेत्रका सबै सडक पक्की बनाउने कामकाे सुरुवात भएको छ : मन्त्री दुलाल 

* # विविध समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर

इन्द्रावती गाउँपालिकाको सबैतिरबाट बाटो पक्की हुने कामको सुरुवात भएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ ।

 मेलम्ची – चौतारा सबैतिर बाट सडकहरू पक्की हुने काम भइरहेको उहाँले बताउनुभयाे ।  श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै दुलालले सबैको साथ सहयोग र हौसलाले काम गर्ने प्रेरणा मिलेको बताउनुभएको छ । 

‘इन्द्रावतीमा सबै बाटो पक्की गर्ने काम भइरहेको छ, केही वर्षभित्रमा बागमती प्रदेशकै पहाडी जिल्लाहरूमा याे निर्वाचन क्षेत्र प्रदेशकै विकासको नमुना हुँदैछ’, दुलालले भन्नुभयो। सिंगो प्रदेशलाई पक्की सडकको नेटवर्किङमा कसरी जोड्ने भनेर योजनावद्ध काम गरिरहेकाे मन्त्री दुलालको भनाई छ । 

‘इन्द्रावतीको सर्वाङ्गीण विकासको लागि म सहयोग गर्न तयार छु’, मन्त्री दुलालले भन्नुभयाे ‘राजनीति भन्दा माथि उठेर हामीले सोच्न आवश्यक छ’ । 

ढुङ्गामै शिक्षा लिएकाहरूको लडाइले नेपालको शिक्षा प्रणाली याे अवस्थामा आएकाले शिक्षा दिने शिक्षकलाई सम्मान गर्नुपर्ने धारणा दुलालले राख्नुभयाे । सबै अभिभावक, विद्यार्थी मिलेमा शैक्षिक गुणस्तर राम्रो हुने दुलालको बुझाई छ । नवलपुर माविको लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको मन्त्री  दुलालले बताउनुभएको छ ।

Leave a Reply