रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाले सोनाम ल्होछारमा ९ गते बिदा दिने निर्णय गरेको छ । २८५९ औँं ह्योई ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको सूचना निकालेर जानकारी गराएको छ । सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार नै उक्त बिदा दिने निर्णय गरेको शर्माले जानकारी दिनुभयो । जिल्लाका हेलम्बु र पाँचपोखरी र लिसंखुपाखर गाउँपालिकाले भने ल्होछारमा ३ दिन बिदा दिने निर्णय गरेको छ ।