मेलम्ची ।
नेपाल तरूण दल मेलम्ची ६ को अध्यक्षमा दावा लामा निबिरोध चयन हुनुभएको छ । आज भएको पाँचौँवडा अधिवेशनबाट लामाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको हो । समिती उपाध्यक्षमा केशव भट्टराई र नोर्साङ लामा सचिवमा कुमारी तामाङ, सहसचिवमा बुद्व तामाङ र राज तामाङ कोषाध्यक्षमा वीर बहादुर तामाङ तथा सदस्यहरुमा सोमर लामा, महेन्द्र लामा र सिंह बहादुर तामाङ चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल तरूण दल सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष जित बहादुर थिङले बिपि कोईरालाले परिकल्पना गरेर तरूण दल गठन गरिएको बताउँदै तरूणदल भनेको पार्टी भित्रबाट गलत गर्दा पनि आवाज उठाउने थलो भएको बताउनुभयो । तरुण दल भनेको भौतिक रूपमा मात्र नभई बिचार संग लड्ने संगठन भएको उहाँको भनाई छ । कार्यक्रमका विशेष अतिथि नेपाली कांगे्रस मेलम्चीका उप सभापती रामशरण गीरीले वडा नम्बर ६ ले सभापती पाउन वडाले गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताउनुभयो । विदेश नगई गाउँमै बसेर पेशा व्यवसाय गरेका युवालाई एमालेले गुण्डाको बिल्ला दिएको बताउँदै घोर आपती रहेको बताउनुभयो ।
अधिवेशनले जिल्ला प्रतिनिधि र नगर अधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । जिल्ला प्रतिनिधिमा श्याम बहादुर तामाङ, कुमार तामाङ, सुपान तामाङ र सीता भट्टराई चयन हुनभएको छ । त्यस्तै नगर अधिवेशन प्रतिनिधिमा श्याम बहादुर तामाङ, सोमार लामा, अनिल तामाङ, आवेक तामाङ, अर्जुन तामाङ, केशव भट्टराई, कुमारी तामाङ र डम्बर नेपाली चयन हुनुभएको हो ।




