कुञ्चाेककाे चुने छाँगा र रातोपहरा बिचमा भेटियो अदभूत गुफा

* # पालीका खबर रोचक विविध समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को थापा टोल सेरा सिपाखोला हुँदै इन्द्रावती ९ भोटसिपा जोड्ने सडक निर्माणको क्रममा गुफा भेटिएको छ ।  


बाटो निर्माण गर्ने क्रममा इन्द्रावती ३ चुनेछाँगा र रातोपहरा बिचमा एउटा अदभूत गुफा फेला परेको स्थानीय तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि उद्धव बानियाँले जानकारी दिनुभयो । 


गुफामा विभिन्न देवताहरुको आकृति भएको मूर्तिहरू फेला परेको छ । साथै सो गुफा भित्र जाँदा गुफाको लम्बाइ करिब २५ मिटर  रहेको सडक निर्माण समितिको अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । उक्त ठाउँमा स्थानीयहरू पूजाआजा गर्न तथा दर्शन गर्न आउने क्रम बढेको छ । झट्ट हेर्दा शिव पार्वती  र गणेश जस्तो देखिन्छ भने आर्को तिर  राम लक्ष्मण र हनुमान जस्तो देखीले आकृतिहरू रहेको छ । यस बारे थप अनुसन्धान हुन बाकी रहेको छ । 
       
ऐतिहासिक तथा पुरातात्विक सम्पदा तथा संरचनाको जगेर्ना गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । 

Leave a Reply