रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा “परम्परागत संस्कार र संस्कृतिको संरक्षण गरौँ, सोनाम ल्होछार पर्वलाई भव्यतापूर्वक मनाऔँ” भन्ने मूल नारा सहित, ल्होछार विशेष शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । इन्द्रावती ८ मिलनचोकमा हुने कार्यक्रम मिलनचोक युवा समाजको सहकार्यमा अर्चले युवा समाजले व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।
२८५९ औँ ह्योइ ल्हो, अर्थात बिरालो वर्ष सोनाम ल्होछार २०७९ को अवसरमा हुने उक्त कार्यक्रममा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष सोभना तामाङको विशेष आतिथ्यता रहने छ ।
मघ २१ गते हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु गायक तथा संगीतकार छेवाङ तेन्जिङ लामा, गायकहरु मदन घलान, जेबी जिम्बा र तेज थिङ तथा गायिका रोश्ना लुङ्बा र मोडल रिया लामाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।