नगरप्रमुख तामाङद्धारा योजनाहरुको अनुगमन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
नगरपालिका वडा नं. ९ मा चालू आर्थिक वर्षको कार्यान्वयन भईरहेको योजनाहरुको नगरप्रमुख आइतमान तामाङले अनुगमन गर्नु भएको छ ।

चालू आर्थिक वर्ष ०७९/०८० को विकास अनुदानको रकमले निर्माण हुदैँ गरेको सड़क लगायत निर्माणाधीन भौतिक पूर्वाधार योजनाको अवस्था, प्रगति, स्तरीयताको विषयमा नगर प्रमुख तामाङले आज स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा प्रमुख तामाङले जनताको समस्याबारे प्रत्यक्ष कुराकानी समेत गर्नु भएको थियो । उहाँले सञ्चालनमा रहेको योजनाको पारदर्शी रुपमा स्तरीय कार्य गराउन पनि निर्देशन दिनु भएको छ ।

Leave a Reply