मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्वेक्षण 

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची l

गत वर्ष असारमा आएको बाढीका कारण क्षति भएको मेलम्चीको माेटरेबल पुल सञ्चालनका लागि सर्वेक्षण गरीएकाे छ । उक्त पुल भएकाे ठांउमा बेलिब्रिज निर्माण गर्ने तयारी भएकाे प्रदेश सांसद कृष्ण कुमार तामाङले बताउनुभयाे ।

६० मिटर लम्बाई रहेकाे साे पुलकाे चाैडाई ५ दशमलव ६० मिटर रहेको छ । हिँउदमा समयमा अस्थायी रूपमा ह्युम पाईप राखेर यातायातकाे साधन सञ्चालन भएपनि बर्षायाममा भने नागरीकले सास्ति भाग्दै आएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम नागरीक समक्ष गरेकाे बाचा पुरा गर्ने समय आएको सांसद माेहन बहादुर बस्नेतले बताउनुभयो । उहाँले जेठ मसान्तसम्ममा साे स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताउनुभएकाे थियाे । पक्की पुल बाढिले बगाएपछि मेलम्ची नगरपालिका, ईन्द्रावति गाउँपालिका र पांचपाेखरी थाङ्पाल गाउँपालिकाका नागरीकले सास्ति भाेग्दै आईरहेका थिए ।

पुल बन्ने सुन्दा पनि आनन्दको महसुस हुने मेलम्ची ९ का राजन पुरीले बताउनुभयाे । यस्तै फट्टेमा पक्कि पुल रहेकाे स्थानमा पनि सर्वेक्षण गरीएकाे छ । लम्बाई ९० मिटर र चाैडाई ७ मिटर रहेकाे साे पुलकाे पनि सर्वेक्षण गरीएकाे प्रदेश सांसद तामाङले बताउनुभयाे ।

साे पुल बन्दा मेलम्ची, ईन्द्रावति र पांचपाेखरी गांउपालिकाका नागरीक लाभान्वित हुने छन् ।

Leave a Reply