सोनाम ल्होसारको अवसरमा इन्द्रावती र मेलम्चीमा २८ गते बिदा

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाले एकै दिन बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाले २८ गते एकै दिन पारेर बिदा दिने निर्णय सहित सूचना प्रकाशन गरेको हो ।

जिल्लाका विभिन्न स्थानीय तहहरूले सोनाम ल्होसारको अवसरमा २ देखि तीन दिन सम्म बिदा दिने निर्णय गरिसकेको छ । यसै अवसरमा पाँचपोखरी थाङपाल गाउँपालिकाले २६ र २८ गते तथा हेलम्बु गाउँपालिकाले २८ र २९ गते बिदा दिने निर्णय गरिसकेको छ । त्यस्तै जुगल र लिसंखुपाखर गाउँपालिकाले २६ र २८ गते बिदा दिने भएको छ । २७ गते शनिवार रहेकोले अब विभिन्न स्थानीय तहहरूमा लगातार २ देखि ३ दिन लगातार बिदा हुने भएको छ । 

तामाङ समुदायले यस वर्ष २८६० औँ डुक ल्हो अर्थात् ड्रागन वर्ष मनाउँदै छ ।

Leave a Reply