लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मेलम्ची नगरकाे अध्यक्षमा थल बहादुर तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, सिन्धुपाल्चाेक

नेपाली कांग्रेसकाे भ्रातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मेलम्ची नगरपालिकाकाे अध्यक्षमा थल बहादुर तामाङ निर्वाचित भएका छन ।

मेलम्ची नगरपालिकाको प्रथम नगर अधिवेशन बाट तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएकाे नेपाली कांग्रेस मेलम्ची नगर सभापती वसन्त गुरूङले जानकारी दिनुभयाे । नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमिती द्वारा आयोजित अधिवेशन बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यतामा भएकाे हाे ।

निर्वाचित हुनेहरूमा अध्यक्ष थल बहादुर तामाङ, उपाध्यक्ष आशाराम तामाङ र उपेन्द्र वाईबा, सचिव राम बहादुर स्याङ्बाे र सविना माझी, सहसचिवमा बाबुकाजी दनुवार र सरिता तामाङ, काेषाध्यक्षमा ताेक माई तामाङ निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरूमा संगिता दनुवार, गंगा लामा, रमिता श्रेष्ठ, अर्जुन माझी, प्रविन स्याङ्बाे, सुनिल तामाङ, सञ्चमान तामाङ, मर्मा तामाङ, रमेश तामाङ, अनिशा तामाङ, ज्ञान बहादुर तामाङ, रामझी मगर र सुवास माझी सर्वसम्मत रूपमा निर्वाचित भएकाे नेपाली कांग्रेस मेलम्ची नगर सभापती वसन्त गुरूङले जानकारी दिनुभयाे ।

अधिवेशन बाट सर्वसम्मत रुपमा निर्वाचित भएका अध्यक्ष तथा पदाधिकारी लगायत सम्पुर्ण कार्यसमिति लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि कृष्ण कुमार तामाङले निर्वाचित पदाधिकारीहरूको उपस्थितिले संगठन थप मजबुद बन्ने बिश्वास ब्यक्त गर्नुभयाे ।

संगठनमा गुटबन्दी नगरी राम्रो मान्छे लाई अवसर दिनुपर्ने धारणा राख्दै तामाङले सबै मिलेर अघि बढे मात्रै संगठन मजबुद हुने बताउनुभयाे । ‘पार्टीमा पद लिने काम नगर्ने चलनको अत्यन्त गर्नुपर्ने छ’, उहाँले भन्नुभयाे ‘म सदैव पार्टी मजबुद बनाउने कुरामा निरन्तर लाग्ने छु’ । बिकास निर्माणको कुरामा समेत आफू सदैव पार्टी सङ्ग समन्वय गरि अघि बढेको र जनताले कांग्रेसलाई काम गर्ने पार्टीको रुपमा चिनेकाे उहाँको भनाइ थियो ।

Leave a Reply