ईन्द्रावती गाउँपालिकाद्वारा आ.ब. २०८२ ८३ मा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएका विभिन्न पुर्वाधार विकासका योजनाहरु उपभोक्ता समिति मार्फत स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । वडा नं. ८ मा आयोजित एक कार्यक्रमबीच वडाध्यक्ष डिल बहादुर श्रेष्ठले विभिन्न ११ वडा योजनाहरु सम्झौता गरी हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा ईन्द्रावती गाउािपालिकाका योजना शाखा प्रमुख श्री गोबिन्द कोइरालाले योजनाको दीगो सञ्चालन तथा ब्यवस्थापनका लागि स्थानीय समुदायको भूमिका र दायित्वका बारेमा प्रशिक्षण दिनुभएको थियो । योजनाको दिगोपनाका लागि स्थानीय उपभोक्ता सँधै जागरुक हुनुपर्ने र त्यसबाट बढी भन्दा बढी फाइदा प्राप्त गर्नका लागि सँधै सक्रिया तथा चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।
वडाध्यक्ष श्रेष्ठले वाडाको विकास तथा परिवर्तनका लागि आफु सँधै लागि परेको, अन्य वडा भन्दा वडा नं ८ अगाडी रहेको, वडामा सबै योजना तथा कार्यक्रमहरु पारदर्शी रुपमा सम्पन भएका र आफुले कसैलाइ पनि भेदभाव नगरेको कुरा बताउँनु भएको थियो । कार्यक्रममा सम्पन्न योजनाहरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पनन भएको हो ।
