मेलम्ची ९ स्थित दुप्चेश्वर सातधारा महादेव मन्दिरमा गरियाे बाेम्बाे (झाँक्री ) सम्मेलन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नं ९ स्थित दुप्चेश्वर सात धारा महादेव मन्दिरमा मकर संक्रान्तिकाे अवसरमा बाेम्बाे (झाँक्री ) सम्मेलन गरिएकाे छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे ।

सम्मेलनमा नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ नेतृत्व टाेली, मनाेत्र झाँक्री नेतृत्व टाेली, छिमेकी पालिका र नगरका विभिन्न वडाका साथै स्थानीय झाँक्रीहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । नगर प्रमुख तामाङ स्वयं बाेम्बाेकाे रुपमा सम्मेलनमा सहभागी हुनुभयाे । 

कार्यक्रमलाई मनाेरञ्जनात्मक बनाउन लाेक तथा सेलाे गायक, गायिका तथा खैजडी भवन टाेलीले आफ्नो प्रस्तुति प्रश्तुत गरेका थिए । कपिल मुनिले तपस्या गरेकाे भस्मे जंगलमा रहेकाे मन्दिर परिसरमा परापूर्व कालदेखि लाग्ने मेलालाई व्यवस्थित बनाउन यस वर्ष मन्दिर संरक्षण तथा व्यवस्थापन समितिकाे अगुवाइमा सम्मेलनकाे रुपमा मनाईएकाे वडा अध्यक्ष किरण दिप खड्काले जानकारी दिनुभयाे ।

दुप्चेश्वर सात धारा मेलामा ५०० भन्दा बढिकाे उपस्थिती रहेकाे थियाे । सम्मेलन लाई सम्बाेधन गर्दै प्रमुख अतिथि नगर प्रमुख तामाङले कला, संस्कृतीको जगेर्ना गर्न आफु स्वयम् झाँक्रि भएर आएकाे बताउनुभयाे । धार्मिक स्थल दुप्चेश्वर सात धारा मन्दिरमा हुने धार्मिक तथा सांस्कृतिक परम्परालाई सम्मान गर्नु पर्ने तामाङले बताउनुभयो ।

सम्मेलन लाई मेलम्ची नगरपालिका वडा नं ९ ले सहयाेग गरेकाे थियाे । श्री सातधारा दुप्चेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिकाे आयाेजनामा सम्मेलन गरिएकाे हाे ।

Leave a Reply