मेलम्चीमा खोज तथा उद्घार सम्बन्धि अभिमुखिकरण तालीम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
खोज तथा उद्घार सम्बन्धि एकदिने अभिमुखिकरण तालीम मेलम्चीमा सम्पन्न भएको छ । रीड नेपालको आयोजना,करुणा ट्रस्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिका संगको समन्वयमा भएको तालिममा मेलम्ची नगरपालिका वडा अध्यक्षहरु, ७ वटा विद्यालयका इको क्लब शिक्षक, विद्यार्थी, सामुदायिक वनका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले रिड नेपालले विगत देखी विपद, आयआर्जन, महिला हरुलाई सिपसंग जोड्दै सशक्तिकरणका लागी ठुलो सहयोग गरेको भन्दै संस्थाको कामको प्रशंंसा गर्नुभयो ।

सिन्धुपाल्चोक विपद ग्रस्त जिल्ला भएकाले पनि यहाँ विपदसंग सम्बन्धी धेरै सचेतनताका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । विपद जतिबेला पनि पर्ने भएकाले पुर्वतयारीको लागी चनाखोको हुनपर्ने बताउनुभयो । उहाँले संस्थाले दिएको सामानको सहि सदुपयोग गर्न समेत सुझाउनुभयो । आगामी दिनमा पनि समन्वय र सहकार्यमा नगरपालिका सधैं साथमा रहेको बताउँदै रेडक्रस, स्काउट विद्यार्थी, समुदायको अगुवालाई प्रदान गरिने यस्ता तालिमले विपदका बेला सहज हुने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निरा शाक्यले सिकेका सिपलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले विपदका बेला कसरी कार्यगर्ने,कस्तो भूमिका निर्वाह गर्ने भन्ने बिषयमा तालीम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । संस्थाले गरेको सहयोगले प्रतिकार्यका अभ्यास र सामान्य विपदका बेला उद्धारमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा विपदका क्षेत्रमा काम गर्ने अन्य संघसंस्था हरुसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply