गणपूरक सङ्ख्या नपुगेपछि इन्द्रावतीको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन स्थगित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

गणपूरक सङ्ख्या नपुगेपछि इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन स्थगित भएको छ ।


५१ प्रतिशत सङ्ख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार गाउँ सभाको मिति तोकिएको थियो ।


पौष २५ गते बसेको बैठकमा केही कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि आज बिहानलाई बोलाइएको बैठकमा आउन नसक्ने सूचना पाएको अध्यक्ष झम्क नाथ नेपालले जानकारी दिनुभयो । प्रत्येक ६–६ महिनामा सभा सञ्चालन गर्नुपर्ने भएकाले सभा अगाडि बढाइएको बताउँदै स्थगित गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो ।


इन्द्रावतीको समृद्धि हामी सबैको परिकल्पना भएकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो ।


सभामा सभाका सचिव एवम् इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले आफ्नो पहिलो बैठक भएकाले केही सिक्दै अगाडी बढिरहेको बताउनुभयो । उहाँले सभामा उपस्थित सङ्ख्याले केही प्रशासकीय कमजोरी रहेको औँल्याउनु स्वाभाविक भएकाले आगामी दिनमा सिक्दै र सबैलाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।


सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । साथै आज नै पालिकाले एक प्रेस विज्ञप्ति पनि निकालेको छ ।

यस्तो छ पालिकाको आधिकारिक प्रेस विज्ञप्ति :

Leave a Reply