सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित हुनुभएकाे छ ।

दुलाल २१ हजार ६९९ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे हाे। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत ल्याउनुभएकाे छ। तेस्रो स्थानमा रहेका नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ चौथो स्थानमा सिमित भएकाे छ । रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गर्नुभएकाे छ ।

सिन्धुपाल्चोक–२ को यो क्षेत्रमा २०४८ सालदेखि २०५६ सालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर राणाले निर्वाचन जित्दै आएकाे क्षेत्र हाे। २०६४ मा तत्कालीन नेकपा (माओवादी) का दावा तामाङले चुनाव जित्नुभयाे भने २०७० र २०७४ मा एमालेका शेरबहादुर तामाङ निर्वाचित हुनुभएकाे थियाे। २०७९ सालमा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत निर्वाचित हुनुभएकाे थियाे ।

नवनिर्वाचित दुलाल यसअघि बागमती प्रदेशका मन्त्री रहनुभएकाे थियाे। प्रदेश सभा सदस्यमा दोहोर्‍याएर निर्वाचित भएका दुलालले राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिँदै जित हासिल गर्नुभएकाे हाे ।

Leave a Reply