सु-परिचित सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सु- परिचित साना किसान कृषि सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल गाउँपालिका ८ लागर्चेको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले सहकारीको लगानी , ऋण सहि ठाउँमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले लगानिको सहि सदुपयोग गरे आय आर्जन गरि अर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले खाल्डेखोलामा कोसेली घर निर्माण गरि लोकल कुरा हरु उत्पादन गरि बिक्री गरिने बताउनुभयो ।

सहकारीका महिला ४०३ र पुरुष ९७ गरि ५०० सदस्य रहेको ब्यबस्थापक उत्सब खडकाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष बिष्णुबहादुर खडका लगायतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम सहकारीका अध्यक्ष गीता धितालको सभापतित्वमा सप्पन्न भएको थियो ।

No description available.

Leave a Reply