जन्मदिनमा थापाद्धारा इष्ट प्वेइन्टलाई ५० हजार नगद सहयोग

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, हेलम्बु ।
हेलम्बु हेल्पिङ टिमका अध्यक्ष तथा सफल व्यवसायी दिनोश थापाले जन्मदिनको अवसरमा इष्ट प्वेइन्ट एकेडेमीलाई सहयोग गर्नुभएको छ । न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर समेत रहनुभएका थापाले विद्यालय पुनः निर्माणको लागी पचास हजार रुपैया नगद सहयोग गर्नुका साथै ४० जना बिद्यार्थीहरुको लागी स्टेसनरी सामाग्री पनि वितरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो ।

बिद्यालयमा २०७८ असार १ र त्यसपछाडि निरन्तर आएको बाढीले क्षती पुर्याएको थियो ।

बिद्यालयका प्रधानाध्यापक भारतीले जन्मदिनको अवसरमा बाढीले क्षति पुर्याएको बिद्यालय उठाउन सहयोगी हात अघिबाढाएकोमा थापालाई शुभकामना सहित धन्यबाद ब्यक्त गर्नुभएको छ ।

Leave a Reply