रेडियो मिसन, मेलम्ची ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको तेस्रो नगर परिषद् तथा शिक्षक सम्मान एवम् शैक्षिक अन्तरक्रिया सहित शनिबार सम्पन्न भएको छ ।
सङ्गठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परिषष्द् सम्पन्न भएको हो । कार्यक्रममा देशकै एक नमूना विद्यालयको रुपमा परिचित विश्वनिकेतन मावि, काठमाडौंका प्रधानाध्यापक एवम् शिक्षक महासंघ काठमाडौंका सचिब हेरम्बराज कँडेलले आफ्नो विद्यालयले गरेका पर्याप्त असल अभ्यासहरु सहित सामुदायिक विदालयहरु कसरी अब्बल बन्न सक्छन् भन्ने विषयमा विशेशष प्रस्तुती दिनुभएको थियो ।
उद्घाटन सत्रको विशेष कार्यक्रममा मेलम्ची नगरभित्रका पछिल्लो समय शिक्षक सेवा आयोगमार्फत छनोट भएका नवनियुक्त ६६ जना विभिन्न तहका शिक्षकहरु र विभिन्न तहमा बढुवा भएका १३ जना शिक्षकहरुलाई बधाई तथा शुभकामना सहित १२ जना सेवानिवृत्त शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले शिक्षकको अधिकार पेशागत विकासका लागि शिक्षकहरुको विगतको लामो आन्दोलनको स्मरण गराउँदै शिक्षक र शिक्षाको विकासका लागि शिक्षकहरुनै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, संगठनका जिल्ला अध्यक्ष मैया पौडे लगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडा लगायत शिक्षकका विभिन्न पेशागत संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।