इन्द्रावती गाउँपालिकाको बजेट ७८ करोड ४६ लाख ६७ हजार

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि इन्द्रावती गाउँपालिकाले बजेट विनियोजन गरेको छ । आइतबार गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेशनमा उपप्रमुख शोभना तामाङले आगामी आर्थिक वर्षका लागि कूल ७८ करोड ४६ लाख ६७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा चालुतर्फ बजेट १९ करोड ३८ लाख ५५ हजार र पुजिगततर्फ ५९ करोड ०८ लाख १२ हजार रहेको छ ।

गाउँपालिकाको बजेटको सबैभन्दा ठूलो स्रोत नेपाल सरकारवाट प्राप्त (वित्तीय समानिकरण अनुदान रहेको छ । गाउँपालिकालाई नेपाल सरकारवाट वित्तीय समानिकरण अनुदान तेह्र करोड असी लाख प्राप्त भएको छ । आन्तरिक राजश्व एक करोड, राजश्व बाँडफाडवाट प्राप्त रकम (नदीजन्य पदार्थ) तेह करोड़ उन्नाइस लाख उनान्नसय हजार, प्रदेश सरकाबाट प्राप्त राजश्व वाडफाड एक करोड अटचालिस लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख तामाङले जानकारी दिनुभयो ।

त्यस्तै आजको गाउँसभामा वडा नं ५ का वडा अध्यक्ष एवं पालिका प्रवक्ता शशिनाथ आचार्यले पालिकाको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका छन् । नीति तथा कार्यक्रममा पुर्वाधार बिकास तर्फ इन्द्रावती चक्रपथ, हरेक वडा कार्यालय सम्म स्तरीय सडक, सम्पन्न हुन बाँकी वडा कार्यालयहरु सम्पन्न गर्ने, बाँकी बिद्यालय भवन, झोलुङ्गे पुल निर्माण देखि हरित सडक र उज्यालो सडकको अवधारणा समेत समेटिएको छ ।

पालिकाले नीति तथा कार्यक्रम मार्फत सामुहिक खेती, गाई भैसीमा निः शुल्क कृतिम गर्भाधान, हरेक वडामा कृषि तथा पशुपालन पकेट कार्यक्रम सञ्चालन, सहकारी मार्फत अनुदानमा गाई भैंसी बितरण जस्ता महत्वाकांक्षी कार्यक्रम पनि घोषणा गरेको छ । त्यस्तै हरेक दुई वडको बिचमा कम्तीमा एउटा मझौला उद्योग स्थापना, पालिका स्तरीय युवा परिषद गठन, वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित कार्यक्रम लगायत बिषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

आइतबार गाउँपालिकाको सभा हलमा भएको गाउँ सभाले बिभिन्न प्रस्तावहरु पनि स्विकृत गरेको छ । सभाले पालिकाको आर्थिक बर्ष २०८०/०८१ सालको नीति तथा कार्यक्रम, अर्थ बिद्येक २०८० र न्यायिक समितीको प्रतिवेदन स्विकृत गरेको छ । त्यस्तै कार्यलयको समग्र प्रगती प्रतिवेदन, कार्यपालिका बैठकबाट भएका निर्णयहरु पनि आजको गाउँ सभाले स्विकृत गरेको छ । गाउँसभाले इन्द्रावती गान पनि स्किृत गरेको छ । गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले रचना गर्नुभएको इन्द्रावती गानलाई रचनाकार आचार्यले सभामा गाएर समेत सुनाउनुभएको थियो ।

साथै बिनियोजन बिद्येक २०८० पनि सभामा पेश भएको छ । उक्त बिद्येक माथी यसै महिना भित्रै कार्यपालिका बैठक बसेर छलफल गरी टुङ्ग्याउने गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयो ।

Leave a Reply