नमुना महिला बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

श्री नमुना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची १२ बाँसबारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभा मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विन्दा ढकालको अध्यक्षमा सम्पन्न सभामा आ. व. २०७९/०८० को आर्थिक प्रतिवेदन र आ. व. २०८०/०८१ को अनुमानित आय–ब्यय विवरण कोषाध्यक्ष चित्र कुमारी नेपालले प्रस्तुत गर्नुभएको थियो ।

कुल रु. १७,०८७,३९७.८५ पुँजी रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा रु. १,९४६,३०९.६० खुदनाफा कमाएको ५९१ शेयर सदस्य, ३० समूह, ३९१ बाल बचतकर्ता रहेको संस्थाको २४ वटा बाल समूह रहेको सहकारी संस्थाले जनाएको छ ।

Leave a Reply