रेडियो मिसन, मेलम्ची ।
समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना प्राथमिक उपचार सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको आयोजना, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकको प्राबिधिक सहयोग तथा प्राक्टिकल एक्सन र अस्ट्रेलियन ए आइ डिको आर्थिक सहयोगमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राजेश गौतमले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक गौतमले तालिममा सिकेका कुरा समुदायमा गएर परिचालन गर्न सक्न पर्ने बताउनुभयो । उहाँले पहिरो पुर्व सुचना प्रणाली सम्बन्धी सामुदायिक विपद व्यबस्थापन समितिका प्राथमिक उपचार कार्यदलका सदस्यहरुलाई जनचेतना अभिवृदि गराउने, मानवीय र जनधनको क्षति रोक्न सहयोग पुर्याउने उदेश्य रहेको गौतममले जानकारी दिनुभयो । परियोजनाले नागरिक विज्ञान प्रयोग गरेर परियोजना संचालन गर्दै आएको छ ।
कार्यक्रमको रेडक्रस जिल्ला शाखा सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत कोइरालाले सहजीकरण गर्नभएको थियो । कोइरालाले प्राथमिक उपचार बिधि,अपनाउन पर्ने सावधानी लगायतका विषयमा सहजीकरण गनभयो । समापन कार्यक्रम सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चका अध्यक्ष राम्जी थापाको सभापतित्व तथा कार्यकारी निर्देशक गोविन्दप्रसाद सापकोटा लगायतको उपस्थितिमा भएको थियो ।