मेलम्ची नगरपालिकामा आज शाेक विदा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकामा आज शाेक विदा दिइएकाे छ । मेलम्ची नगरपालिकाको नगर सभा सदस्य एवं वडा नम्बर ६ का वडा सदस्य बिन्द्र बहादुर तामाङको असामयीक निधन भएकाले नगरपालिकाले शाेक विदा दिएकाे छ ।

आज राती (२०८१ साल चैत्र १२ गते) १ बजेर २० मिनेटमा तामाङको देहवसान भएको हाे। आज मिति २०८१ चैत्र १२ गते मंगलबारका दिन यस नगरपालिका अन्तर्गतका विद्यालयहरुमा नियमित रुपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरु प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक विदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले यस शोकको घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाे छ ।

Leave a Reply