रेडियो मिसन ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै ढाँडेमा ६१ मिलिमिटर वर्षा भएको छ ।
यसैबीच सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा ठूलो वर्षा भएकाले यस क्षेत्र भइ बहने मेलम्ची र ईन्द्रावती नदीको जलसतह बढ्ने र अन्य स–साना खोलामा आकस्मिक बहाव भएर पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति देखि वर्षा भइरहेको छ । अहिले बिहान पनि केही ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।