भिमटारमा टाटा सुमो दुर्घटना : २ जना घाईते

* # पालीका खबर विविध समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ भिमटारमा टाटा सुमो दुर्घटना भएको छ ।

काठमाण्डौंबाट नवलपुरतर्फ आँउदै गरेको ना १ ज ७१७६ नम्बरको सुमो दुर्घटना हुंदा २ जना गम्भीर भाईते भएका छन् । बाँकीलाई सामान्य चोटपटक लागेको छ ।


काठमाण्डौंबाट ९ जना यात्रु बोकेर आएको सुमोले सिपाघाटमा थप २ जना यात्रु थपेको थियो । गाडी अनियन्त्रीत भई सडकबाट करीव २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


सख्त घाईते भएकाहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ भने बाँकीको नवलपुर अस्पतालमा ल्याउने तयारी भईरहेको छ । गाडीका चालक राजकुमार तामाङ भने सकुशल रहनुभएको छ ।

Leave a Reply