ईन्द्रावतिमा शिक्षक भलिबल प्रतियोगिता सुरु

* # जीवन शैली शिक्षा समाचार समाज सिन्धुपाल्चोक


ईन्द्रावति गाँउपालिकामा शिक्षक भलिबल प्रथियोगिता सुरु भएको छ । “शिक्षकको मर्यादीत पेशा, विद्यार्थीलाई गुणस्तरीय जिवन उपयोगी शिक्षा” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ ईन्द्रावतिले प्रतियोगिताको आयोजना गरेको हो ।


तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर इन्द्रावती गाउँपालिका स्तरिय भलिवल प्रतियोगितामा ७ टीमको सहभागिता रहेको छ । कार्यक्रमको अवसरमा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य वशंलाल तामाङले अनुशासन सिक्ने र सिकाउने माध्यम खेल भएको बताउनुभएको छ । अनुसासन सबैको लागि आवश्यक रहेकाले सबैले यसको पालना गर्नुपर्नेमा उहाँले जोड दीनुभएको छ । सत्तामा होस वा जुनसुकै ठाउँमा अनुशासन आवश्यक रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोक अध्यक्ष, ऋषिराम पौडेल, नेपाली कांग्रेस ईन्द्रावति गाउँपालीकाका सभापति जिवन कुमार थापामगर लगाएत नेपाल शिक्षक संध सिन्धुपाल्चोकका पधादीकारीहरुको सहभागिता रहेको थियो ।


शिक्षकहरूको बिचमा एकता कायम होस भन्ने उदेश्यले प्रथियोगिताको आयोजना गरेको नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिका अध्यक्ष सुरेस कृष्ण श्रेष्ठले बताउनुभयो । शिक्षक संघको बार्षिक क्यालेन्डरमा नै प्रथियोगिता समावेश गरीएको अभ्यक्ष श्रेष्ठले बताउनुभयो ।

Leave a Reply