दहीको कतारो खोल्दै ईन्द्रावती साना किसानको छैटौं साधारण सभा सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
दहीको कतारो खोल्दै ईन्द्रावती साना किसानको छैटौं साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच सहकारीको साधारण सभा गरीएको हो । कृषि सहकारी किसानको सहकारी भएकाले किसानले उत्पादन गरेको दही राख्ने कतारो खोलि फरक तरीकाले कार्यक्रम सुरुवात गरीएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सहकारी धेरै जनाको योगदानले सहकारी स्थापना भएको बताउनुभयो । साना किसान सहकारी मध्ये ईन्द्रावतीलाई उत्कृष्ट मध्येको एक बनाउन सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । अब सहकारीमा आवद्ध किसानहरु उत्पादनमा जोडिनुपर्नेमा अध्यक्ष नेपालले विषेश जोड दिनुभएको छ । किसानहरुको जिवनस्तर माथि उठाउन सहकारीहरुले किसानमैत्रि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । पालिकाले दुधमा दिने अनुदानले पनि दुध उत्पादनमा टेवा पुगेको उहाँले बताउनुभयो ।


यस्तै कार्यक्रममा नेपाल कृषी सहकारी जिल्ला संघ सिन्धुपाल्चोकका अध्यक्ष मित्रलाल चौलागाईंले महिलाहरु पनि सहकारीमा पैसा जम्मा गर्न जागरुक भएको बताउनुभयो । अहिले वैदेशिक रोजगारमा जान पनि आन्दोलन गर्नु पर्ने अवस्था आएको बेला गाँउगाँउमा रहेका सहकारीले युवाहरुलाई उत्पादनसंग जोड्दै लानुपर्नेमा उहाँले जोड दिनुभयो । किसानको उत्पादनले बजार नपाउने समस्याको सहकारीले सहजीकरण गरी बजार व्यावस्थापनमा जोड दिन उहाँले आग्रह गर्नुभयो । गाउँ गाउँमा कृषि, पशुपालन गरेर पैसा बचत गर्ने बानि बसाल्नुका साथै बिदेशमा रहेको छोराछोरीलाइ घर फर्काउन प्रेरीत गर्नुपर्नेमा उहाँले जाड दिनुभयो । किसानलाइ धनि बनाउनु नै सहकारीको मुल उदेश्य भएको उहाँले बताउनुभयो ।


ईन्द्रावती साना किसान कृषि सहकारीले वडा नम्बर १ देखि ६ सम्म सेवा दिँदै आएको छ । करीव १ हजार सेयर सदस्य रहेको सहकारीले पशु बिमा, म्याद िबिमा लगाएतका काम गरीरहेको छ । सहकारीले साना तथा ठुला पशुपालन र कृषि व्यावसायी कृषकहरुलाई ऋण प्रवाह गरीरहेको अध्यक्ष रामशरण गिरीले जानकारी दिनुभयो । सहकारीले हालसम्म २ करोड भन्दा बढी लगानी गरीसकेकाे छ ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभना तामाङ, वडा अध्यक्षहरु श्याम बहादुर गिरी र भिमसेन थापा, कार्यपालिकका सदस्यहरु, वडा सदस्यहरु, अन्य सहकारीका अध्यक्ष तथा बाक्लो संख्यामा कृषकहरुको सहभागिता रहेको कार्यक्रम सहकारीका सचिव पुर्ण बाँनियाले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply