रेडियो मिसन, गुफाडाँडा ।
“ स्वच्छ सफा , हराभरा जलवायु पार्क हाम्रो गौरव र सान गुफाडाँडा पर्यटन पवर्धनका लागि हाम्रो अभियान भन्ने नाराका साथ मेलम्ची नगरपालिका वडा नम्बर ९ शिक्षा समिति तथा वडा नम्बर ९ भित्रका सम्पुर्ण विद्यालयको आयोजनामा बनभोज कार्यक्रम तथा गुफाडाँडा सरसफाई कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानुको बिशेस आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेस अतिथी मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सँधै विद्यालयमा विद्यार्थीहरु सँग मात्र रहँदा भन्दा यस्ता कार्यक्रममा सहभागी हुँदा एक अर्कामा चिनजान र सम्बन्ध विस्तार हुने बताउनुभयो । उहाँले कार्यक्रम आयोजना गरेकोमा मेलम्ची नगरपालिका वडा नम्बर ९ को वडा शिक्षा समितिलाई धन्यवाद ब्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले एउटा विद्यालयमा भएका गतिविधि र समस्या अर्को विद्यालय विच साटा साट हुने हुँदा यस्ता कार्यक्रम अझ धेरै हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस कार्यक्रमले शिक्षक शिक्षिकामा थप उर्जा थप हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले मेलम्ची नगरपलिका वाडा नम्बर ९ भित्रका विद्यालयमा स्थायी नियुक्ती लिनुहुने र संघ प्रदेश र स्थानिय तहबाट नियुक्ती लिइ आउनु भएका शिक्षक शिक्षिकाहरुलाई स्वागत गर्दै यहाँको विद्यालयका विद्यार्थीले उत्कृष्ट शिक्षा हाँसिल गर्न सफल होस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष कमल बहादुर खड्का विभिन्न विद्यालयका प्रधानाध्यापक सहकारिका प्रतिनिधि स्वयंसेविका लगाएतको उपस्थिति रहेको थियो ।
सभा अध्यक्ष मेलम्ची नगरपालिका वडा नम्बर ९ का अध्यक्ष किरण दिप खडका र कार्यक्रम संचालन गोल्मेश्वरी आधारभुत विद्यालयका शिक्षक पाण्डब अधिकारीले गर्नुभएको थियो ।