सामाजिक बिकृती विरुद्ध कानुनी सचेतना मेलमिलाप सम्बन्धि सडक नाटक आज सिपापोखरे र भिमटारमा प्रदर्शन गरिएको छ । इन्द्रावती गाउँपालिका न्यायिक समितीको सहयोगमा आवाज आर्ट क्रियसनले यहि फागुन १९ गते सुरु गरेको नाटक पालिकाको सात स्थानमा देखाउँदै आएको छ ।
कार्यक्रममा न्यायीक समिती सदस्य खिल प्रसाद आचार्यले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
अधिवक्ता कल्पना न्यौपानेले कानुन जानिन भन्न नपाइने बिषय भएको बताउँदै कानुनी सचेतनाको बारेमा उपस्थित भएकाहरुलाई बुझाउनु भएको थियो । घरेलुु हिंसा र बाल यौन दुब्र्यहवारका उदाहरणहरु दिँदै कानुनी सजायको बारेमा पनि जानकारी दिनुभएको थियो ।
मेलमिलाप अभियानता गिता सिलवाल मेलमिलाप के हो र कसरी गरिन्छ भन्ने बारे जानकारी गराउनुभएको थियो । पालिकामा रहेको न्यायिक समितीले १३ र वडा मेलमिलाप केन्द्रले ११ प्रकृतिका विवाद मिलाउन सकिने पनि उहाँले जानकारी गराउनुभयो ।
राजेश्वरी माबिका प्रधानाध्यापक सुदर्शन पराजुलीले नाटक चेतनामुलक भएको र नाटक प्रदर्शनका लागि राजेश्वरी माबीलाई नै रोजेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष रबिन्द्र कुमार खातीले नाटक एक प्रकारको प्रभावकारी सञ्चार भएको बताउँदै नाटक चेतनामूलक भएको बताउनुभयो । साथै नाटकमा अभिनय जिबन्त र उत्कृष्ट भएको बताउँदै कलाकारहरुको प्रशंसा गर्नुभयो । साथै आयोजक संस्थालाई धन्यवाद पनि गर्नुभयो ।
कार्यकमका सभापति वडा सदस्य टोम प्रसाद भट्टराईले नाटकले वडा मेलमिलाप केन्द्र र पालिका स्तरीय न्यायिक समितिको महत्व बुझाएको बताउनुभयो ।
वडा नम्बर १२ का मेलमिलाप संयोजक भिमसेन दनुवारले वडामै हुने मेलमिलापमा नाटकमा देखाए जस्तै जित जितको अवस्थामा विवाद मिलाउने गरेको बताउनुभयो ।
नाटक हेरिसकेपछि वडा नम्बर ११ का मेलमिलाप संयोजक लालकुमारी अधिकारी समाजमा घट्ने यतार्थ घटनालाई नाटकमा उतारिएको बताउनुभयो ।
रेडियो मिसन नाटक अभियानको मिडिया पार्टनरको रुमपा रहेको छ । नाटकका निर्देशक नवराज गजुरेलले नाटकको बारेमा सकरात्मक प्रतिक्रिया आइरहेको बताउनुभयो । उहाँले अब भोलि शुक्रबार अन्तिम दिन नवलपुर बजारमा नाटक प्रदर्शन हुने भएकोले अवलोकनको लागि सबैलाई निमन्त्रणा गर्नुभएकाे छ ।













