सुकुटेमा माघ १ देखि राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन ।

सुकुटेमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिताको मिति तय भएको छ ।

सिन्धुपाल्चोकको जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ ।

सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन ब्यबसाय संघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजक संस्थाले साेमबार काठमाण्डौं, भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा सोमबार पत्रकार सम्मेलन तथा सम्झौता कार्यक्रम गर्दै सुकुटेमा बीच भलिबल प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगिताका लागि नेपाल भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यबसायी संघबीच आज नै सम्झौता भएको छ । पर्यटकीय नगरी सुकुटेलाई खेल पर्यटनमार्फत थप पहिचान र प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास सिन्धु सुकुटे पर्यटन ब्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताउनुभयाे ।

७ प्रदेशका एक पुरुष र एक महिला खेलाडी गरि १४ जना र विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट एक महिला र एक पुरुष गरी ६ जना खेलाडीको सहभागि हुने राष्ट्रिय भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

२० जना खेलाडीको सहभागिता रहने प्रतियोगिताको प्रथम, द्धीतिय, तृतीय र स्वान्त्वना हुनेले क्रमशः ५० हजार, २५ हजार, १५ र १० हजार पुरस्कार पाउने र विजेता टोलीहरूले विश्व ‘बिच’ भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने जनाएइएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले यो प्रतियोगिता आगामी वर्ष हुने अन्तर्राष्ट्रिय काभा भलिबल प्रतियोगिताको छनोटको रुपमा समेत रहने जानकारी दिनुभयाे

उहाँका अनुसार यस प्रतियोगिताको पुरुषतर्फ बिजेता र उपबिजेताले आगामी माघमा नेपालमा हुने पुरुष काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । यस प्रतियोगिताको लागि १० टोलीलाई बोलाइएकोमा भारत, इरान र माल्दिभ्सबाट सहभागिता रहने निश्चित भइसकेको चन्दले जानकारी दिए ।

‘सन् २०२५ मा सञ्चालन हुने सबैखाले अन्तर्राष्ट्रिय काभा भलिबल प्रतियोगितामा सुकुटेमा च्याम्पियन हुने महिला र पुरुषका टोलीलाई थप तालिम दिएर सहभागी गराउने योजना छ,’ उनहाँले भन्नुभयाे ।

आयोजक तथा व्यवस्थापक सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले खेल पर्यटनमार्फत सुकुटे क्षेत्रको विकास गर्ने हेतुले प्रतियोगिता आयोजना गरेको बताए । ‘यो प्रतियोगिता बर्सेनी सञ्चालन गर्ने गरी अघि बढेका छौँ,’ उहाँले भन्नुभयाे ।

Leave a Reply