चण्डेश्वरी माविको बार्षिकोत्सवमा ४० जनाले गरे रक्तदान

* # समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाँउपालिका वडा नम्बर १० मा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सव स्वर्ण जयन्तीको उपलक्ष्यमा गरेको खुल्ला रक्तदानमा ४० जनाले रक्तदान गरेका छन् ।

विद्यालयको आयोजना तथा ब्लड डोनर्स एसोसियसन नेपाल जिल्ला शाखा सिन्धुपाल्चोक र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहकार्यमा विद्यालयमा गरिएको खुला रक्तदान कार्यक्रममा शिक्षक, भूपू विद्यार्थी, अभिभावक तथा अन्य शुभचिन्तक गरि ४० जनाले रक्तदान गरेका हुन् ।

विद्यालयले रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको र आगामी दिनहरूमा समेत विद्यालयले शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने विद्यालय व्यावस्थापन समितीका अध्यक्ष जिवन कुमार थापामगरले बताउनुभयो ।

Leave a Reply