हेलम्बु गाँउपालिकाका सबै वडाका मुख्य सडक कालोपत्रे गर्ने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक कालोपत्रे गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक कालोपत्रे गर्ने गाउँपालिकाले नीति अघि सारेको हो ।

पालिकाले बजेटको स्रोत सुनिश्चितताका लागि माथिल्ला निकायसँग पहल गरिरहेको र ५ वर्षभित्र हेलम्बुका सबै ग्रमिण सडकहरु स्तरोन्नती गरिने मुख्य सडक कालोपत्रे गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो। अध्यक्ष शेर्पाका अनुसार पालिकाले सडकहरुको डिपिआर बनाएर योजना अघि बढाएको छ ।

यसैबीच चनौटे थापाटारदेखि घोप्टेघ्याङसम्म ग्रावेल र पिचका लागि २७ करोड ९८ लाख १३ हजार  बजेट स्वीकृत भएको छ । चनौटे, थापाटार, इचोक, कुटुम्साङ सडकको घोप्टेघ्याङ गोसाइँकुण्ड मार्गसम्मको सडक कालोपत्रे गर्ने हेलम्बु गाउँपालिकाको डिपिआरका आधारमा पूर्वाधार कार्यालय चौतारामार्फत प्रकृया अघि बढाइ प्रदेश नीति तथा योजना आयोगबाट बहुवर्षिय आयोजना अन्तर्गत यो सडक योजना स्वीकृत भएर बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । हेलम्बु गाउँपालिकाको प्रत्येक वडाका एउटा –एउटा मुख्य सडक कालोपत्रे गर्ने कार्यक्रम अघि बढिसकेको छ ।

Leave a Reply