इन्द्रावतीका सहकारीहरूको अवस्था बुझ्न अनुगमन

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिकाले पालिका अन्तर्गत रहेका सहकारी संस्थाहरू अनुगमन गरेको छ । पालिका भित्र सक्रियरुपमा सञ्चालनमा रहेको सहकारीहरुको वर्तमान अवस्था, वित्तीय सुशासन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएकाे हाे । यसै कंममा आज इन्द्रावती साना किसान कृषि सहकारी संस्थामा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा सहकारीका अध्यक्ष राम शरण गिरी, उपाध्यक्ष भारत मल्ल ठकुरी, ऋण समिति सदस्य ज्ञान बहादुर गिरी, गाउँपालिका लेखा शाखा अधिकृत भास्कर पन्त तथा सहकारी शाखा प्रमुख लक्ष्मी घर्ती सहभागी थिए ।

गाउँपालिकामा हाल ८० वटा सहकारी दर्ता रहेकोमा चार वर्षयता नविकरण गरेका ३४ मध्ये ३० ओटामा अनुगमन सकिएको सहकारी शाखा प्रमुख लक्ष्मी घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका अधिकांश सहकारी साना प्रकृतिका रहेको र बचत तथा ऋण कारोबार कम रहेको उहाँले बताउनुभयो ।

यस अवसरमा सहकारी अभियन्ता तथा अध्यक्ष तथा सहकारी अभियानता राम शरण गिरीले सहकारीमा समस्या आउनुका मुख्य कारण आर्थिक सुशासनको अभाव, नक्कली ऋणी खडा गरेर कारोबार गर्ने प्रवृत्ति, बचत–शेयर–ऋणको वास्तविक व्यक्तिगत सूची नहुनु रहेको उल्लेख गर्नुभयो । साथै रासायनिक मल खरिद बिक्रीमा बैंक स्टेटमेन्ट अनिवार्य गर्नुपर्ने, दूध बिक्रीमा पारदर्शिता कायम गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

Leave a Reply