पत्रकारहरुलाई पहिरो पूर्वसुचना प्रणाली परियोजना सम्बन्धि अभिमुखिकरण

* # समाचार समाज सिन्धुपाल्चोक

उत्थानशिल समुदायका लागि समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना पहिरो सुचना प्रणाली सुदृढीकरण र स्थानीयकरण सम्बन्धि पत्रकार तथा मिडिया प्रतिनिधिहरुसँग अभिमुखिकरण कार्यक्रम चौतारामा सम्पन्न भएको छ ।

कार्यक्रम अस्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सामुदायिक वातावरण संरक्षण मञ्च नेपालले गरेको हो । कार्यक्रममा प्रमुख अतिथि साहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यस्ता तालिम तथा कार्यक्रमहरुले कर्यसम्पादनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

बिपद्मा सहि सुचना प्रवहा हुन नसकेमा गम्भीर क्षती भोग्न पर्ने अवस्था आउन सक्ने भएकोले समन्वय र सहकार्यलाई ब्यवथित गर्न जरुरी रहेको उहाँको भनाइ थियो । त्यस्तै सुचनाले काम गर्न सजिलो हुने बताउँदै सबैले सुसासनकै लागी काम गर्ने भएकोले आग्रह पुर्वाग्रह नभई सुचना सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । त्यस्तै सिन्धुका पत्रकारहरूमा अनुसासन र धैर्यता पाइएको बताउँदै बिपद्मा पत्रकारहरुको अग्रणी भुमिका हुने बताउनुभयो । साथै तालिममा सिकेका कुरालाई कार्यक्षेत्रमा लागू गर्न सुझाव दिनुभयो ।

प्राक्टिकल एक्सनका जलवायु बिज्ञ धरम राज उप्रेतीले संस्थाले गरिरहेको कामहरुको बारेमा भर्चुअल रुपमा जानकारी दिँदै पुर्व सुचनाको लागी प्रबिधि बिकास सँगै खोलामा बगेको पानी समेत कति छ भनेर सजिलै थाहा पाउन सकिने अवस्थामा आइपुगेको बताउनुभयो । अहिले मानवसमाजले जलवायु परिवर्तन, प्रदूषण र जैबिक विविधताले गर्दा समस्या भोगिरहेको उहाँले जानकारी दिनुभयो । बिपदले भौतिक र आर्थिक क्षती मात्रै नभै गैह्र आर्थिक क्षत्रमा पनि धेरै क्षति हुने गरेको जानकारी दिनुभयो । सबै स्थानमा जोखिमको लेबल फरक हुने भएकोले सबै पक्षले बुझ्नुपर्ने बताउँदै उहाँले बिपदमा २४ घण्टा अघि मात्रै सुचना दिन सके पनि ३० प्रतिशत सम्म क्षति कम हुन सक्ने उहाँको भनाइ थियो ।

पुर्वसुचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले पत्रकारीता पेशा भनेको पहिला आफुले बुझ्ने र बुझाउने पेशा भएको बताउनुभयो । पत्रकारले बिज्ञ सँग मात्र बुझेर समुदायमा तथ्यपरक सुचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वर्षामा आधारित पहिरो पुर्व सुचना प्रणालीको बारेमा आफ्नो प्रस्तुति दिँदै प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बिना खड्काले रिसर्च हेर्दा पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो रहेको जानकारी दिनुभयो । त्यस्तै यी पालिकाहरुमा जोखिम न्यूनीकरणको सवालमा नेपालमै पहिलो पटक पहिरो पुर्व सूचना प्रणाली प्रयोगमा ल्याइएको बताउनुभयो । उक्त क्षेत्रमा १६ ओटा स्वचालित हावापानी मापक यन्त्र जडान गरेको जानकारी दिँदै काम गर्न अब केही सहज हुने बताउनुभयो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका बिपद फोकल पर्सन नारायण क्षेत्रीले पालिकाले गरेको बिपद पुर्वतयारीमा पहिला र अहिलेको अवस्था, पालिकाको आगामी योजना, र चुनौतीको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो । प्राक्टिकल एक्सनका विशेष संगतले कार्यक्रमको उद्देश र सँस्थाको बारेमा जानकारी दिँदै स्वागत मन्तब्य राख्नुभएको थियोे ।

यस क्रमामा संस्थाले सिन्धुपाल्चोकमा गर्दै आएका कामहरुको बारेमा जानकारी दिँदै बिपद पुर्वतयारीले प्रतिकार्यमा सहयोग पुग्ने उहाँको भनाइ थियो । साहायक जिल्ला अधिकारी गणेश नेपाली, सिडिइसिफका कार्यवाहक अध्यक्ष इश्वरी अधिकारी, जिलाका पत्रकारहरु संस्थाका कर्मचारीहरु लगायतको सहभागीतामा कार्यक्रम भएको हो ।

Leave a Reply