इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु

* # अन्तरबार्ता समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले मेलमिलाप कर्ताहरुलाई जागरुक बनाई विवाद रहित पालिका बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । मेलमिलाप कर्ताहरु विभिन्न राजनीतिक दलहरुसँको आस्थामा रहे पनि दल भन्दा माथि उठेर वडामा आएको विवाद निष्पक्ष तवरबाट समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

तालिम बुधवार र बिहिवार गरि दुई दिन सञ्चालन हुने न्यायीक सहजकर्ता भुगोल आचार्यले बताउनुभयो । तालिममा १२ वटै वडाबाट ४८ जना मेलमिलाप कर्ताको सहभागीत रहेको आचार्यले बताउनुभयो।

इन्द्रावती गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समिति संयोजक शोभना तामाङको सभाध्यक्षतामा सुरु भएको तालिमको ठाकुर राम चौलागाईंले प्रशिक्षण दिनुहुने छ ।

Leave a Reply