प्रेस युनियन सिन्धुपाल्चोकले संगठनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले युनियनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने भएको छ । युनियनका उपाध्यक्ष निरोज चौलागाईको पहलमा संगठनमा आबद्ध पत्रकारहरुको बिमा गर्न लागिएको उहाँले बताउनुभयो । युनियनको हिजो (मंगलबार) बसेको पहिलो कार्यसमिति बैठकले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

प्रेस युनियन सिन्धुपाल्चोकमा ६५ जना पत्रकार आवद्ध छन् । उनीहरू सबैको एक वर्षभित्र निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय भएको उपाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । बैठकले स्वास्थ्य बीमा कार्यक्रमको संयोजक चौलागाईंलाई नै तोकेको छ ।

Leave a Reply