रेडियो मिसन, मेलम्ची
गत बर्षको असार १ र साउन १६ मा आएको बाढीका कारण मेलम्ची नगरपालीकाको विभिन्न स्थानमा सडक संरचना पुर्णरुपमा क्षती भएको छ ।
हिंउदमा जसोतसो सञ्चालनमा आएपनि बर्षायाम सुरु हुने बित्तिकै आवतजावत बन्द हुने गरेको छ । राष्ट्रीय गौरवको आयोजनास्थल हेलम्बु गाँउपालीकाको वडा नम्बर १ मा रहेको अम्बाथान जान नै नसकीने अवस्थामा पुगेको छ । बैशाख ३० पछी निर्वाचीत भएर आएका जनप्रतिनीधीहरु मोटर बाटो संचालनमा हरबखत लागीरहेका छन्, तर बर्षयामको समय भएकाले दीगो संरचना बनाउन सक्ने सम्भावना कम रहेको छ ।
यसै सन्दर्भमा मेलम्ची नगरपालीका क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न नगरपालीकाले खानेपाली विकास समितीसंग आग्रह गरेको छ । मेलम्ची नगरपालिकामा नगर प्रमुख आइतमान तामाङ लगायतसँग मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको हो ।
मेलम्ची नगरप्रमुख तामाङले मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको बताउनुभयो । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।