आधारभूत तह उत्तीर्ण परीक्षामा हेलम्बुका ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु ।

हेलम्बु गाउँपालिकाले २०८१ को आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरेको छ। चैत्र ७ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको परीक्षाको परीक्षाफल गाउँपालिकाले आज प्रकाशन गरी सार्वजनिक गरेको हो। जसमा ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २६९ विद्यार्थीहरू मध्येबाट २४३ जना उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै २६ जना भने NG अर्थात् नन ग्रेडिङ मा परेका छन् ।

गाउँपालिका भित्रका ४ बिद्यालयहरु बोधिसत्व मोडेल माध्यमिक विद्यालय, इस्ट पोइन्ट एकेडेमी, महेन्द्र माबि र पेमाछोलिङ बिद्यालयका बिद्यार्थीहरुले भने सत प्रतिशत अंक ल्याएर उतिर्ण भएका छन् ।

नतिजाको लागि सम्बन्धित विद्यालयले आफ्नो IEMIS ID login गरी Manage Exam मा गएर View Grade Ledger मा नतिजा हेर्न वा डाउनलोड गर्न सकिने पनि गाउँपालिकाले जनाएको छ।

साथै वार्षिक परीक्षा नतिजामा त्रुटि भएको देखिएमा कार्यालयको अभिलेखबाट सच्याइने पनि गाउँपालिकाले जनाएको छ। त्यस्तै प्रत्येक विद्यार्थीहरूको ग्रेडसिट गाउँपालिकाबाट प्रमाणित गरी सम्बन्धित विद्यालयबाट वितरण गरिने र प्रकाशित नतिजामा चित्त नबुझेमा नतिजा प्रकाशन भएको सात दिनभित्र पुनर्योगको लागि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा निवेदन दिन सकिने पनि गाउँपालिकाले जनाएको छ ।

Leave a Reply