ईन्द्रावती गांउपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएकाे छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा आज एक कार्यक्रमका विच शिलान्यास गरीएकाे हाे । भारतिय राजदुततावासले ९५ प्रतिशत र पालिकाले ५ प्रतिशतकाे साझेदारी गर्नेछ । क्रमश १ कराेड ४६ लाख र १ कराेड ४१ कराेडमा सम्झाैता भएकाे छ । आज २० प्रतिशत बराबरकाे चेक हस्तान्तरण गरीएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै भारतिय दुतावासका प्रथम सचिव नारायण शिँहले ईन्द्रावति गाउँपालिकाकाे आतिथ्यताप्रति आभारि रहेकाे बताउनुभयाे । नेपाल र भारत विचकाे सुदृढ र महत्त्वपूर्ण सम्बन्धकाे आभारमा ईन्द्रावतिमा २ वटा याेजना सञ्चालन हुनु खुसिकाे कुरा भएकाे उहाँले बताउनुभयाे । भारत सरकारले नेपालका शिक्षा, स्वास्थ्य र पुर्वाधारमा सहयाेग गरिरहेकाे जानकारी दिनुभयाे । दुतावसले ५ कराेड सहयाेगलाई २० कराेड पुर्याएकाे उहाँको भनाई थियाे । साथै एम्बुलेन्स र स्कुल बसहरू हजाराैंकाे संख्यामा उपलब्ध गराएकाे उहाँको भनाइ छ । विपदकाे समयमा राहत उद्धार र पुनःस्थापनामा पनि भारतिय सरकारले सहयाेग गरीरहेकाे बताउनुभयाे । आगामि दिनमा पनि नेपाल भारत बिकास साझेदारी थप उचाईमा पुग्ने उहाँले बताउनुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले प्रसासनिक रूपमा फरक मुलुक भएपनि सम्बन्धकाे हिसाबले निकट रहेकाे बताउनुभयाे । नेपाल र भारत विच नङ र मासुजस्ताे भएकाे बताउनुभयाे । ईन्द्रावती गाउँपालिकाकाे वडा नम्बर ३ र ६ मा सुविधा सम्पन्न भवन निर्माणका लागि गरेकाे सहयाेगप्रति आभारी रहेकाे बताउनुभयाे । यसका लागि उहाँले भारतिय सरकारलाई धन्यवाद दिनुभयाे । यसअघि पनि भारतिय सरकार र राजदुतावास मार्फत पालिकामा विद्यालय भवन तथा गुम्बा निर्माणका लागि गरेकाे सहयाेगकाे स्मरण गर्नुभयाे । १८ महिनाकाे अवधिमा कार्य सम्पन्न गराउनुपर्ने जिम्मेवारी रहेकाे उहाँले बताउनुभयाे । यसका लागि पालिकाले आवश्यक साथ र सहयाेग उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै ईन्द्रावती गाँउपालिकाका प्र अधिकृत मनहरि बरालले नेपाल भारत छिमेकी राष्ट्र भएकाले पनि एकअर्काको परस्पर रहेकाे बताउनुभयाे । साथै आगामि दिनहरूमा पनि साथ र सहकार्यको अपेक्षा रहेकाे बताउनुभयाे । साथै ताेकिएकाे समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देश गर्नुभयाे ।

कार्यक्रमकाे समापन गर्दै ईन्द्रावति गाउँपालिका वडा नम्बर३ का वडा अध्यक्ष भिमसेन थापाले नवनिर्मित भवनबाट वडा नम्बर २ र ३ का नागरीकले सहज रूपमा सेवा पाउने बताउनुभयाे । अप्ठ्यारो परीस्थितिमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्न सजिलाे हुने बताउनुभयाे । साथै भारतिय दुतावासलाई धन्यवाद दिनुभयाे ।

कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रबहादुर तामाङ वडा नम्बर २ का वडा अध्यक्ष श्यामबहादुर गिरी बुद्धिजीवी समाजसेवी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। स्वास्थय चौकी भवन निर्माणका लागी आर.डी.आर कन्र्सट्रक्सन प्रा.ली संग सम्झौता भएको छ । सम्झौता मितिदेखी १५ महीनाको समयावधी रहेको छ ।






