संघ र प्रदेशबाट विनियोजन भएकाे बजेटमा मेलम्ची नगरपालिकासँग समन्वय नगरे काम गर्न नदिने मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङले बताउनुभएकाे छ । यस विषयमा यसअघी नै कार्यपालीकाकाे बैठकबाट निर्णय गरीसकेकाे प्रमुख तामाङले बताउनुभयाे।
मेलम्ची नगरपालिकामा पालिका स्तरीय विपद् जोखिम न्युनिकरण रोकथाम तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आइतमान तामाङले साे कुरा बताउनुभएकाे हाे । संघ र प्रदेशले मेलम्ची क्षेत्रमा बजेट हालेपनि बस्ती संरक्षण हुन नसक्नु दुखद भएकाे उहाँले बताउनुभयाे । ठुलाे मात्रामा बजेट खर्च भएपनी नदि संरक्षण हुन नसकेकाे उहाँले बताउनुभयाे । वडा भन्दा पनि तल झरेर केन्द्र तथा प्रदेशले बजेट बिनियाेजन गर्दा यसले दिगाे बिकास नहुने उहाँकाे तकर् थियाे। यस्ता खाले बजेटले कार्यकर्ता पाल्ने काम मात्र भएकाे प्रमुख तामाङले बताउनुभयाे ।
एकिकृत रूपमा याेजना नबन्दा यस्ता टुक्रे योजनाहरूले करोडौँ रकमको सही लगानीको सदुपयोगबारे प्रश्न चिह्न खडा गर्ने उहाँकाे भनाइ थियाे । ती योजनाहरूको आवश्यकताबारे अध्ययन, अनुसन्धानभन्दा पनि सीमित स्वार्थ र पहुँचको आधारमा प्राथमिकतामा पारेका याेजनाहरू प्रभावकारी नभएकाे तामाङले बताउनुभयाे ।
टुक्रे योजनाहरू आधा–अधुरा रूपमा निर्माण हुने भएकाले प्रत्येक वर्ष उक्त योजना पुन निर्माण वा सम्पन्न गर्न बजेटको ठूलो हिस्सा एकै योजनामा निरन्तर खर्च हुने उहाँकाे भनाइ थियाे । जसले गर्दा अन्य नयाँ र महत्त्वका योजना छाँयामा पर्ने गरेकाले एकिकृत रूपमा समन्वय गरेर बजेट बनाउनुपर्ने उहाँले धारणा राख्नुभयाे ।