पाँचपोखरीमा रहेका तालहरुमा बोटीङ गर्नेहरुमाथी गाँउपालिकाले अनुसन्धान गर्ने भएको छ । केही दीनअघी एक समूहद्वारा बोटिङ गरेको विषयमा छानविन सुरु गर्ने पाँचपोखरी संरक्षण समितिले बताएको छ ।
गाँउपालिकाको पर्यटन बोर्ड तथा पाँचपोखरी संरक्षण समितिले अनुमती बिना नै पोखरीमा बोीङ गरेको जनाएको छ । यस्ता गलत कार्य गर्नेको छानबिन तथा अनुसन्धान कार्य भईरहेको समितिले जनाएको छ ।
पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.३ मा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले गाउँपालिकाकै शानको रुपमा रहेको पवित्र स्थल पाँचपोखरी तालमा बोटीङ गरेको विषयमा गाँउपालिका, सम्बन्धित वडा, गाँउपालिकाको पर्यटन बोर्ड तथा पाँचपोखरी संरक्षण समितिसँग कुनैपनि अनुमति नलिएको र यस विषयको जानकारी नभएकोले यस्ता गलत कार्य गर्नेको छानबिन तथा अनुसन्धान कार्य भईरहेकोले सम्पूर्णमा धैर्यता राख्नु हुन र यस्ता प्रकृतिका गलत कार्य रोक्न गाँउपालिका र सम्पूर्ण सम्बन्धित पक्ष लाग्ने कुरा सामाजिक सञ्जाल मार्फत समितिले अवगत गराएको छ ।
अहिले दैनिक पाँचपोखरीमा सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन ।