रेडियो मिसन ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सिडिइसिएफ्) ले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा न २ र ४ का प्रभाबितलाई वितरण गर्ने गरि १४२ थान त्रिपाल र ४६० थान न्यानो कम्बल गाउँपालिकालाई हस्तान्तरण गरेको संस्थाका बिपद फोकल पर्सन, कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो ।
हेल्प नेपाल नेटवर्क र नेपाल रेडक्रस सोसाइटी सँग समन्वय संस्थाले सो सामाग्री हस्तान्तरण गरेको हो । सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सिडिइसिएफ) विगत धेरै बर्ष अगाडीदेखिनै विपद्का क्षेत्रमा काम गर्दै आएको संस्था हो । सिन्धुपाल्चोकमा दर्ता भएको संस्था भएपनि भूकम्प, बाढी पहिरो तथा जनसुकै विपद्का बेला देशभरिनै विभिन्न हिसाबले संस्थाले सहयोग गर्ने गरेको संस्थाका अध्यक्ष रामजी थापाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा २०७२ सालमा गएको भूकम्पमा राहत, उद्धार तथा पुर्नर्निमाण देखि २०७८ सालको बाढीपछि समेत संस्थाले सक्रिय हिसाबले काम गरिरहेको छ ।
रातह सामाग्री ग्रहण गर्दै कुसे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवनकुमार खड्काले विपत्तिको बेला गरेको सहयोग महत्वपुर्ण हुने भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।