भु–स्वर्ग गुफाडाँडा मन आनन्दीत गराउने थलो हो : प्रमुख तामाङ

* # जीवन शैली पालीका खबर मनोरञ्जन विविध समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा आन्तरिक पर्यटकको उपस्थिति बाक्लो बनाउन नगरपालिकाले नयाँ अभ्यास थालेको छ । “घुमौ मेलम्ची” भन्ने मुल नाराका साथ सहज र सुरक्षित तरिकाले मेलम्चीको पर्यटकीय स्थल घुम्न सक्ने नयाँ कार्यक्रम ल्याएको र देशव्यापी बनाउन अभियान थालेको मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।


आज पर्यटकीय नगरी गुफाडाँडा पुग्ने क्रममा प्रमुख तामाङले मेलम्ची नगरपालिकामा धेरै पर्यटकीय सम्भावना बोकेको ठाँउहरु रहेको बताउनुभयो । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम बाँकी रहेकाले अब त्यसको परीपुर्ती गर्दै लैजाने पनि प्रमुख तामाङले बताउनुभएको छ । गुफाडाँढा पुगेर नगेर प्रमुख तामाङले गुफाडाँडा भु–स्वर्ग मात्र नभई मन आनन्दीत गराउने थलो भएको बताउनुभएको छ । अबको दीनमा सामूहिकरुपमा प्रवर्द्वनात्मक कार्यक्रम ल्याएर धेरैभन्दा भेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।


समुन्द्री सतहबाट दुई हजार दुई सय पचास मिटरको ठिहि लाग्ने हिमाली गाउँ मेलम्ची नगरपालिकाको गुफा डाँडामा पछील्लो समय आन्तरीक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । सिन्धुपाल्चोकको गुफाडाँडामा प्रशस्तै पर्यटकीय संभावना देखिन्छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित डाँडा आकर्षक छ । त्यहाँबाट हिमाली सृङ्खला, धुलिखेल, नगरकोट लगायत अवलोकन गर्न सकिन्छ ।


स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडिबुटीका हिसाबले पनि गुफाडाँडा भुःस्वर्ग मानिन्छ । तर, भौगोलिक विकटता र पूर्वाधारको कमिले डाँडा चम्कन सकेको छैन् । स्थानीय निकायमा जनप्रतिनिधि आइसकेपछि भने यसलाई पर्यटनधाम बनाउने अभियान सुरु भएको छ । उनीहरुले गुरुयोजना बनाउनेदेखि पूर्वाधार निर्माणका लागि बजेट समेत छुट्टयाइसकेका छन् ।


गुरुयोजनामा चिया बगान, पिकनिक स्पट, स्तुप, गुम्बा, धर्मढोका, भ्यु टावर, रिसोर्ट, कृषि विश्वविद्यालय र खेल मैदान निर्माण गर्ने भनिएको छ । त्यसैगरी शेर्पा, मगर, गुरुङ र तामाङ समुदायको संस्कृति झल्किने संग्रहालय स्थापना गर्ने उद्देश्य छ । परापूर्वकालमा लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको किम्बदन्ती रहेको छ ।


यो ठाउँ पुरातात्विक हिसाबले समेत महत्वपूर्ण छ । डाँडामा होटल र अन्य पूर्वाधार विकास गर्नु आवश्यक देखिन्छ । गुफाडाँडामा सहज पहुँच, खाना र बास अहिलेका मुख्य समस्या हुन् । दीगो पर्यटन विकासका लागि भने सुविधायुक्त होटल खोल्नुको विकल्प छैन ।

Leave a Reply