ज्यामिरे साना किसान कृषि सहकारीको अध्यक्षमा केशव विष्ट  चयन

* # अर्थ बाणिज्य विविध समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका -९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा केशव विष्ट  चयन हुनुभएको छ । संस्थाको आज भएको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशले पुन: विष्टको अध्यक्षमा १३ सदस्यीय संचालक समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा भेषबहादुर कार्की, सचिवमा धर्मराज खड्का, सह- सचिवमा गोकुल धिताल र कोषाध्यक्षमा मन्जु बस्नेत निर्वाचित हुनु भएको छ । त्यसैगरी समिति सदस्यहरुमा प्रकाश खड्का, वालमुकुन्द अधिकारी, चनमती खड्का, देवराज गिरी, बिनिता खड्का, अम्बिका अधिकारी, शिवकृष्ण कटुवाल र कृष्णलाल गिरी निर्विरोध निर्वाचित हुनुभयो ।

अधिवेशनले युवराज पुरीको संयोजकत्वमा संस्थाको लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । तीन सदस्यीय सुपरिवेक्षण समितिमा हितबहादुर तामाङ र सिताराम कार्की रहनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सहकारीमा शेयर लगानी बढाउन र बचत बढाउन सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सहकारीलाई गाउँकाे बैंककाे रुपमा स्थापित गर्नुपर्नेमा जोड दिदै शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बाेनस वितरण गर्न सकिने बताउनु भयाे ।

प्रमुख अतिथि तामाङले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डकाे व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएकाे थियाे । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेकाे सदस्य हरुलाई जानकारी गराउनुभयाे । सहकारीलाई व्यवस्थित बनाउन सकेमा किसानले सहज रुपमा ऋण पाउन सकिने भएकाले पनि यसकाे प्रवर्द्धनमा लाग्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष किरणदिप खड्काले सहकारीकाे संरक्षणमा स्थानीय सरकार निरन्तर लागिपर्ने बताउनुभयाे । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था बागमती प्रदेश समितिका सदस्य मित्रलाल चाैलागाईले कृषि सहकारी संस्थाकाे अाैचित्य माथि प्रकाश पार्नु भएको थियो । त्यसैगरी इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष रामशरण गिरीले संस्थाको अधिवेशन सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा नियमित बचत गर्ने संस्थाका उत्कृष्ट समूह, असल ऋणी र अगुवा कृषकहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।संस्थाको उपाध्यक्ष युवराज पुरीले स्वागत र सचिव भेषबहादुर कार्कीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष केशव विष्टको अध्यक्षतामा संचालन गरिएको थियो ।

Leave a Reply