चौतारामा भोलिदेखि तीन विभागीय र तीन प्रदेश सहित सात भलिबल टोली बीच भिडन्त हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । चौथो तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ।

भोलि शुक्रबारबाट चौतारा टुडिखेलमा हुने प्रतियोगितामा ७ टोलीले सहभागिताका लागि टिम दर्ता गराएको आयोजकले जनाएको छ।

नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र जुगल होराइजन सिन्धुपाल्चोक गरी ७ टोली सहभागी प्रतियोगितामा पहिलो हुनेले ३ लाख, द्वितीय हुने टोलीले १ लाख ५० हजार र तृतीय हुने टोलीले ७५ हजार पुरस्कार पाउनेछ।

त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले २० हजार सँगै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट लिब्रोले १०-१० हजार पुरस्कार सहित ट्रफी पाउने छ।

नेपाल भलिबल सङ्घ, बागमती प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवर्धनमा हुने प्रतियोगिता यही चैत्र २० गतेसम्म सञ्चालन हुने छ।

Leave a Reply