सिन्धुपाल्चोकको दुबाचौरकी राम मायाँ घलेले आफन्तको सहयोगमा टेलिफिल्म चेलीमा पहिलो पटक अभिनय यात्राको सुरुवात गर्नुभएको छ ।
घले अहिले राम्रो अभिनय गर्ने कलाकार भित्र पर्न सफल भएको बताइएको छ । उहाँले आफ्नो मान्छे, नारी, लौ के भयो लगायतका टेलिफिल्महरुमा अभिनय गर्नुभएको छ ।
घलेले ३ वटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ। अन्य दुइवटा म्युजिक भिडियोको सुटिङ तयारीमा रहेकी उहाँले बताउनुभयो। सामान्य परीवारमा घले २०५३ सालमा जन्मीनुभएको हो । पारिबारिक समस्याका कारण औपचारिक शिक्षालाई अगाडी बढाउन नसकेको उहाँले बताउनुभयो ।
उहाँ रोजगारीको लागि कुवेत गएको बताउनुभयो। ७ जना दाजुभाइ, दिदिबहिनीमा राम माया चौथो सन्तान हुनुहुन्छ।