राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाललाई पुरस्कृत गरीने भएको छ । ‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा देशभरबाट १६७ जना सम्मानित हुँदा सिन्धुपाल्चोकबाट लामा र नेपाल सम्मानित हुन लाग्नुभएको हो ।

हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक लामाले सो बोर्डिङमा गरेको योगदानका आधारमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । लामाले सञ्चालन गरेको बोर्डिङमा निशुल्क रुपमा उच्च मावि तहमा होटल म्यानेजमेन्ट र पर्यटन विषयमा अध्यापन भईरहेको छ ।

साथै लामाले सञ्चालन गरेको जस्ट नेपाल फाउण्डेसनले समेत हेलम्बु गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाले गाउँपालिकाभित्र विद्यालय उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको क्षमता वृद्धि गराइरहेको छ । लामा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी तथा संस्थापक तर्फबाट उक्त पुरस्कारका लागि लामा छनौट हुनुभएको हो ।

बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माविका शिक्षक हरेराम नेपालले पनि सो पुरस्कार पाउनुहुने भएको छ । नेपाल सिन्धुपाल्चोककै बलेफी ४, बिञ्जेलका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले बालशिक्षा माविमा माध्यामिक शिक्षकको रुपमा गणित विषयको अध्यापन गराउँदै आउनुभएको छ । नेपालले सार्वजनिक विद्यालयका शिक्षकको तर्फबाट सम्मानित हुनुभएको हो ।

Leave a Reply